काठमाडौं । राष्ट्रियसभाको बैठक १७ माघ सोमबार बस्ने गरी बोलाइएको छ । संघीय संसद सचिवालयका महासचिव डा भरतराज गौतमले बिहीबार सूचना निकालेर १७ माघ सोमबार दिउँसो १ बजे राष्ट्रियसभाको बैठक बस्ने गरी निर्धारण गरिएको जानकारी दिएका हुन् ।
यसअघि २ माघमा सूचना निकालेर अर्काे सूचना जारी नभएसम्मका लागि राष्ट्रिय सभाको बैठक स्थगित गरिएको थियो ।
सूचना
राष्ट्रियसभाको बैठक सम्बन्धी सूचना राष्ट्रिय सभाको मिति २०७८ साल माघ २ गते आइतवारको सूचना मार्फत अर्को सूचनाद्वारा तोकिने मिति र समयमा सभाको बैठक बस्नेगरी सूचना गरिएकोमा राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (१) बमोजिम सम्माननीय अध्यक्षज्यूले २०७८ साल माघ १७ गते सोमवार दिनको १ः०० बजे बैठक बस्नेगरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।
डा. भरतराज गौतम
संघीय संसदको महासचिव