नयाँ दिल्ली । भारतमा तेस्रो दिन पनि कोभिड संक्रमितको संख्या घटेको छ । पाँच दिनसम्म लगातार तीन लाख संक्रमित देखिएको भारतमा पछिल्लो २४ घन्टामा दुई लाख ५५ हजार ८७४ जना नयाँ संक्रमित भेटिएका छन् । यो अघिल्लो दिनको तुलनामा ५० हजारले कमी हो । पछिल्लाे २४ घन्टामा काेभिडबाट ६१४ जनाकाे मृत्यु भएकाे छ ।
भारतमा अहिलेसम्म ३ करोड ९५ लाख ४३ हजार ३२८ जना कोभिडबाट संक्रमित भइसकेका छन् । भारतमा कूल संक्रमितको ५ दशमलब ६२ प्रतिशत सक्रिय संक्रमित छन् । अझै पनि २२ लाख ३६ हजार ८४२ सक्रिय संक्रमित छन् ।
भारतमा अहिले संक्रमणमुक्त दर ९३ दशमलब १५ प्रतिशत छ । (एजेन्सी)