काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले संघीय राजधानी काठमाडौंमा समेत सिटामोलको अभाव भएको भएको भन्दै सरकारको आलोचना गरेका छन् ।
सोमबार सामाजिक सञ्जालमार्फत नेता रावलले कोरोना महामारीको समयमा संघीय राजधानी काठमाडौंमा समेत सिटामोलको अभाव सरकारको अयोग्यता हो या यसमा पनि नाफाखोरीको तारतम्य भन्दै प्रश्न गरेका छन् ।
‘जनस्वास्थ्यप्रति ध्यान नदिई औषधोपचारको व्यवस्था कमजोर भएकोमा सरकारको आलोचना गर्नुपर्दा ‘जनताले सिटामोलसम्म पाएका छैनन्’ भनी दलका नेता र कार्यकर्ताले भाषण गर्दै आएका हुन्’, रावलले सोमबार साँझ सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘अहिले अन्त त के काठमाडौंमा नै सिटामोलको अभाव छ । यो सरकारको अयोग्यता हो कि यसमा पनि नाफाखोरीको तारतम्य छ?’ उनले सामाजिक सञ्जालमा भनेका छन् ।