काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले कोरोनामुक्त हुनुभएको छ ।
मन्त्री आलेका प्रमुख स्वकीय सचिव हेमन्त रेग्मीका अनुसार आज गरिएको पिसिआर परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको हो ।
यसअघि पनि कोरोनाबाट संक्रमित हुनुभएका आलेले दोस्रो पटक पनि कोरोनालाई पराजित गर्नुभएको छ ।




















