काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना भाइरस संक्रमण भएको छ । शनिबार गरिएको उहाँको पीसीआर परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो ।
‘हिजो बिहान पीसीआर परीक्षण गरिएको थियो, साँझ आएको रिपोर्टमा पोजेटिभ देखियो’, बालकोट स्रोतले जानकारी दियो ।
अध्यक्ष ओलीलाई कोरोना संक्रमण देखिएसँगै आइतबारका लागि तय भएको पत्रकार सम्मेलन पनि स्थगित गरिएको छ ।
दुईपटक मिर्गौैला प्रत्यारोपण गरेका उहाँ विभिन्न संक्रमणपीडित हुनुहुन्छ । ओलीसँगै उहाँकी पत्नी राधिका शाक्यलाई पनि कोरोना संक्रमण भएको छ ।