काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकी केन्द्रीय सदस्य एवं गायिका कोमल वलीले प्रधानमन्त्री शेरबहादुर देउवाको सम्बोधनमा कुनै दृष्टिकोण नआएको टिप्पणी गर्नुभएको छ ।
प्रधानमन्त्री देउवाले शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै आफ्नो ६ महिने कार्यकालमा गरेका कामकारवाही प्रगति विवरण सुनाएका थिए ।
त्यसको टिप्पणी गर्दै वलीले देउवाको सम्बोधन रस र भावना नभएको गुनगुन भन्नुभएको छ ।
‘प्रधानमन्त्रीको सम्बोधनमा न कुनै रस छ, न कुनै दृष्टिकोण छ । न कुनै भावना- न कुनै भविष्य छ । केवल गुनगुन मात्र छ । यसले मुलुकलाई कहीँ पुर्याउँदैन,’ उहाँले भन्नुभएको छ ।