Margadarsan


  • सुन २०० रुपैयाँले बढ्यो, यस्तो छ बजार भाउ

    मार्गदर्शन ३० पुष २०७८, शुक्रबार

    काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन प्रतिताेला २०० रुपैयाँले बढेकाे छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भएकोमा शुक्रबार २०० को दरले बढेर प्रतितोला ९२ हजार ७०० रुपैयाँमा काराेबार भइरहेकाे छ ।

    यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९२ हजार २०० रुपैयाँ निर्धारण भएको छ ।

    चाँदीको भाउ पनि प्रतितोलामा एक हजार २६० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको भाउ प्रतितोलाको एक हजार २५५ रुपैयाँमा कारोबार भएको थियो ।

    फेसबुक प्रतिक्रिया