मोगादिसु । सोमालियाको राजधानी मोगादिसुमा एउटा कारबम बिस्फोट हुँदा कम्तीमा ८ जनाको मृत्यु भएको छ । विमानस्थल जाने सडकमा भएको सो बिस्फोटमा केही मानिस घाइते भएका छन् ।
बिस्फोटका कारण वरपरका घरका भवन र मस्जिद चर्किएका छन् ।
बिस्फोट स्थल नजिक एउटा चर्च रहेको र बिस्फोटकमो समयमा त्यहाँ प्रार्थना भइरहेको प्राप्त समाचारमा जनाइएको छ । बिस्फोटको जिम्मा कुनै समूहले लिएको छैन् । विस्फोटमा अतिवादी समूहको संलग्नता रहेको हुन सक्ने सरकारले अनुमान गरेको छ । (एजेन्सी)
























