खोटाङ । नेकपा (एमाले) खोटाङले कार्यकर्ता संरक्षण कोष खडा गर्ने निर्णय गरेको छ । शनिबार सम्पन्न सातौं जिल्ला अधिवेशनबाट निर्वाचित एमालेको नयाँ नेतृत्वले सम्मेलन गर्दै समस्यामा परेका आफ्नो नेता तथा कार्यकर्ताको सहयोगका लागि कार्यकर्ता संरक्षण कोष खडा गर्ने निर्णय गरेको जानकारी दिएको हाे ।
एमाले अध्यक्ष रामप्रसाद दंगालले ‘टोल–टोलमा पार्टी कमिटी, घरघरमा पार्टी सदस्यताको’ नारा कार्यान्वयन गर्दै उनीहरुको सहयोगमा कोष उपयोग गरिने जानकारी दिए । विशेषगरी दुर्घट्ना, रोग तथा विभिन्न स्वास्थ्य समस्या निम्तिएको बेला उपचारकालागि कोषको रकम उपयोग गरिने अध्यक्ष दंगालले जानकारी दिए ।
एमाले अधिवेशनले प्रविधिमैत्री पार्टी कार्यालय सञ्चालन गर्ने, पार्टी प्रवेश तथा घर फर्क अभियान सञ्चालन गर्ने, व्यवस्थित संगठन–प्रशिक्षित कार्यकर्ता उत्पादन गर्ने, युवालाई काम ज्येष्ठलाई सम्मान गर्ने नीति अवम्बन गर्ने जनाएको छ ।