दाङ । दाङ तुलसीपुर उपमहानगरपालिकाभित्रका सबै विद्यालयहरू नौ दिनसम्म बन्द गरिएको छ ।
विद्यालयहरूमा कोरोना संक्रमितको दर बढ्न थालेपछि तुलसीपुर उपमहानगरपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
शुक्रबार सार्वजनिक अपिल जारी गर्दै उपमहानरपालिकाका निमित्त प्रशासकीय अधिकृतले २५ पुसदेखि ३ माघसम्म सबै विद्यालय बन्द गर्ने निर्णय भएको जानकारी दिएका छन् ।
कोरोनाको दर तीव्र रुपमा बढ्न थालेपछि संक्रमणको चेन ब्रेक गर्नका लागि उपमनहागरभरिका सबै बिद्यालय नौ दिन बन्द गर्ने निर्णय भएको मेयर घनश्याम पाण्डेले जानकारी दिए ।