काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा कौसी खेतीको सुरुवात गरिएको छ । सोमबार ओलीसहित उहाँकी पत्नी राधिका शाक्य कौसी खेतीमा व्यस्त हुनुभयो ।
उहाँको घरको छतमा कौसी खेतीका लागि स्थान बनाइएको छ र त्यसमा आज जापानी प्रविधिको प्रयोग गरी उत्पादन गरिएको कम्पोस्ट मलको प्रयोग गर्दै कौसीखेतीबारे जानकारी गराइएको छ ।
मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले अर्गानिक कौसी खेतीको जापानी प्रविधिको प्राङ्गारिक मल प्रयोग गरेर सुरु गरिएको जानकारी दिनुभयो ।
त्यसक्रममा प्राविधिकहरुले ओली र शाक्यलाई कौसी खेती र प्राङ्गारिक मलबारे विभिन्न जानकारी दिएका थिए ।

























