काठमाडौं । नेकपा (माओवादी केन्द्र)को जारी महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको राजनीतिक प्रतिवेदन तथा स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङले प्रस्तुत गरेको विधान मस्यौदामाथि आजबाट समूहगत छलफल सुरु हुने भएको छ ।
सोमबारबाट सुरु भएको बन्दसत्रमा अध्यक्ष प्रचण्डले ‘२१ औं शताब्दीको समाजवादको नेपाली बाटो’ शीर्षकको राजनीतिक प्रतिवेदन तथा गुरुङले १५ सदस्यीय पदाधिकारीसहित २ सय ९९ सदस्य केन्द्रीय कमिटी बनाउन विधान प्रस्तुत गरेका थिए । सो विषयमा आजबाट २५ वटा समूह बनाई समूहगत छलफल हुन गइरहेको छ ।
महाधिवेशनस्थल नेपाल प्रज्ञा प्रतिष्ठान, केन्द्रीय कार्यालय पेरिसडाँडा र विभिन्न पार्टी प्यालेसमा प्रस्तुत दुई प्रतिवेदनमाथि छलफल सुरु हुन लागेको हो । माओवादी केन्द्रका अनुसार तल उल्लेखित स्थानमा समूहगत छलफल हुनेछ ।
समूह १
सहभागी : ज्येष्ठ कम्युनिष्ट मञ्च
छलफलको स्थान : प्रज्ञा भवनको सभाहलको मुख्य भाग
समन्वयको जिम्मेवारी : एनके प्रसाई
समूह २ र ३
सहभागी : सल्लाहकारहरु
छलफलको स्थान : प्रज्ञा भवनको मुख्य मञ्चको दायाँ बाँया
समन्वयको जिम्मेवारी : नन्दकुमार थापा
समूह ४ र ५
सहभागी : प्रदेश १ का प्रतिनिधि
छलफलको स्थान : भानुभक्त हल, प्रज्ञा भवन
समन्वय गर्ने जिम्मेवारी : हर्क नेम्वाङ
समूह ६ र ७
सहभागी : प्रदेश २ का प्रतिनिधि
छलफलको स्थान : पारिजात हल, प्रज्ञा भवन
समन्वय गर्ने जिम्मेवारी : गणेश साह
समूह ८ र ९
सहभागी : लुम्बिनी प्रदेशका प्रतिनिधिहरु
छलफलको स्थान : सिद्धिचरण हल, प्रज्ञा भवन
समन्वय गर्ने जिम्मेवारी : चक्रपाणी खनाल
समूह १० र ११
सहभागी : गण्डकी प्रदेशका प्रतिनिधि
छलफलको स्थान : पार्टी कार्यालय, पेरिसडाँडा
समन्वय गर्ने जिम्मेवारी : गायत्री गुरुङ
समूह १२
सहभागी : प्रवास प्रदेशका प्रतिनिधि
छलफलको स्थान : केन्द्रीय कार्यालय पेरिसडाँडा
समन्वय गर्ने जिम्मेवारी : लक्ष्मण पन्त
समूह १३ र १४
सहभागी : कर्णाली प्रदेशका प्रतिनिधि
छलफलको स्थान : एवान पार्टी प्यालेस
संयोजन गर्ने जिम्मेवारी : विमला केसी
समूह १५ र १६
सहभागी : सुदूरपश्चिम प्रदेशका प्रतिनिधि
छलफलको स्थान : एवान पार्टी प्यालेस
समन्वय गर्ने जिम्मेवारी : खगराज भट्ट
समूह १७ र १८
सहभागी : सम्पूर्ण विभागका प्रतिनिधि
छलफलको स्थान : क्वालिटी बैंकट, बुद्धनगर
समन्वय गर्ने जिम्मवारी : मायाप्रसाद शर्मा
समूह १९
सहभागी : उपत्यका विशेष प्रदेशका प्रतिनिधि
छलफलको स्थान : क्वालिटी बैंकट, बुद्धनगर
समन्वय गर्ने जिम्मेवारी : जगत सिंखडा
समूह २० र २१
सहभागी : सम्पर्क समन्वय प्रदेशका प्रतिनिधि
छलफलको स्थान : क्रिष्टल पार्टी प्यालेस, बिजुली बजार
समन्वय गर्ने जिम्मेवारी : कृष्ण अधिकारी
समूह २२ र २३
सहभागी : बागमती प्रदेशका प्रतिनिधि
छलफलको स्थान : काठमाडौं बैंकट, थापागाउँ
समन्वय गर्ने जिम्मेवारी : सरल सहयात्री
समूह २४
सहभागी : आयोगका सदस्य
छलफलको स्थान : काठमाडौं बैंकट, थापागाउँ
समन्वय गर्ने जिम्मेवारी : विष्णुपुकार श्रेष्ठ
समूह २५
सहभागी : जनवर्गीय संगठन र मोर्चाका इन्चार्ज र अध्यक्ष, केन्द्रीय कार्यालय, एकताबाट आएका प्रतिनिधि
छलफल गर्ने स्थान : काठमाडौं बैंकट, थापागाउँ
समन्वय गर्ने जिम्मेवारी : अमृता थापामगर
–केन्द्रीय सदस्य सम्बन्धित प्रदेश वा विभागको समूहमा सहभागी भएर छलफल गर्ने । सम्बन्धित समूहको बैठक बसेर समूह प्रमुख चयन गर्ने