काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २१९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
७ हजार १ सय ८० जनाको पीसीआर परीक्षण गर्दा २१३ जना र २ हजार ४ सय ९७ जनाको एन्टिजेन परीक्षण गर्दा ६ जना गरी २१९ जना कोरोना भाइरसका संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ भने २८३ जना निको भएका छन् ।
आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २३ हजार ४०२ पुगेको छ । योसँगै नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ५८५ पुगेको छ भने ८ लाख १० हजार ७८० जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ९०६ जना रहेका छन् । जसमध्ये ४ हजार ६७७ जना होम आइसोलेसनमा रहेका छन् भने २२९ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ७१ जना आईसीयू र २४ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
त्यस्तै १० वर्षमुनिका ५ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १६ जना कोरोना संक्रमित थपिएका मन्त्रालयले जनाएको छ ।