काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २३६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
७ हजार २ सय ३३ जनाको पीसीआर परीक्षण गर्दा २१७ जना र ४ हजार ४३ जनाको एन्टीजेन परीक्षण गर्दा १९ जना गरी २३६ जना कोरोना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ भने २७२ जना निको भएका छन् ।
मन्त्रालयका अनुसार भक्तपुरमा १३, ललितपुरमा ३३ र काठमाडौंमा ७६ गरी काठमाडौं उपत्यकामा जम्मा १२५ जना कोरोना संक्रमित थपिएका छन् ।
बुधबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २२ हजार ४३३ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ५७९ पुगेको छ भने ८ लाख ९ हजार ३५९ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।