काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा देशभरका विभिन्न स्थानमा पीसीआर विधिबाट २३२ र एण्टीजेन विधिबाट परीक्षण गर्दा २७ जना गरी कुल २५९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
योसँगै कुल संक्रमितको संख्या पीसीआर विधिबाट ८ लाख २३ हजार ७८६ जना र एण्टीजेन विधिबाट परीक्षण गर्दा ९५ हजार ७२८ जना गरी कुल ९ लाख १९ हजार ५१४ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
आजै ३३७ जना निको भएकाे स्वास्थ्य मन्त्रालयबाट जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । हालसम्म नेपालमा ८ लाख ६ हजार २३७ जना संक्रमितहरु निको भएका छन् । नेपालमा काेराेना संक्रमण निकाे हुने दर ९७.९ प्रतिशत रहेकाे छ । नेपालमा सक्रिय संक्रमित ५ हजार ९९७ जना रहेका छन् ।
यसैगरी सोही अवधिमा तीनजना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५५२ पुगेको छ ।
गत २४ घण्टामा आरटी पिसिआर विधिबाट ६ हजार ४७२ र एन्टीजेन विधिबाट ४ हजार १५ जना गरी कुल १० हजार ४८७ जनाको काेराेना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।