काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सकभर सहमतिमै नयाँ नेतृत्व चयन गर्ने बताउनुभएको छ । बिहीबार बिहान कांग्रेस सहमहामन्त्री डा.प्रकाशशरण महतले लेखेको ‘नेपाली कांग्रेस एन्ड नेसन बिल्डिङ’ पुस्तक विमोचन समारोहमा देउवाले सकभर सहमतिका नेतृत्व चयन गरिने बताए। त्यसकै लागि केन्द्रीय समितिको बैठक राखिएको उनको भनाइ छ ।
उहाँले सहमतिमै नेतृत्व चयन नभए अस्वस्थ प्रतिस्पर्धा र कटुता नगर्न पनि आग्रह गर्नुभएको छ । उहाँले महाधिवेशनपछि उत्साहका साथ गाउँघर फर्केर पार्टीलाई निर्वाचनमा सफल बनाउन लाग्नुपर्ने उल्लेख गर्दै हार्नेले जित्नेलाई सहयोग गर्ने जित्नेले हार्नेको सहयोग लिने वातावरण बनाउनुपर्ने देउवाले बताउनुभयो ।
सहमहामन्त्री महतले बिपी कोइराला प्रधानमन्त्री भएको समयमा नेपालको आर्थिक नीतिबारे लेखिएको आफ्नो डिग्रीको शोधपत्रलाई पुस्तकको रुप दिएको जानकारी दिनुभयो ।