काठमाडौं । साझा उम्मेदवार तय गर्नका लागि चाक्सीबारीमा बसेको संस्थापन इतरको बैठक सकिएको छ ।
बुधबार चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा बसेको बैठकले कांग्रेसको १४ औं महाधिवेशनका लागि साझा उम्मेदवार चयन गर्न नसकेको हो ।
अब भोलि सभापतिका आकांक्षीबाहेकको बैठक बसेर निष्कर्ष निकालेर पुन: आकांक्षीसँग बस्ने तयारी गरिएको नेता गुरु घिमिरेले जानकारी दिनुभयो ।
वरिष्ठ नेता रामचन्द्र पौडेल, शशांक कोइराला साझा उम्मेदवार चयनका लागि लचिलो हुन तयार भए पनि शेखर कोइराला र प्रकाशमान अडानबाट पछि नहट्दा समस्या भएको बैठकपछि नेता घिमिरेले बताउनुभयो ।