काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३१५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
९ हजार ५ सय ११ जनाको पीसीआर परीक्षण गर्दा २९८ जना र १ हजार ८ सय ९२ जनाको एन्टिजेन परीक्षण गर्दा १७ जना गरी ३१५ जना कोरोना भाइरसका संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ भने २०१ जना निको भएका छन् ।
बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १७ हजार ४९५ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ५३५ पुगेको छ भने ८ लाख ३ हजार ३६९ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ४५ जना रहेका छन् । जसमध्ये ६ हजार ७१५ जना होम आइसोलेसनमा रहेका छन् भने ३३० जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ११० जना आईसीयू र ३८ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
यस्तै १० वर्ष मुनिका ५ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २६ जना कोरोना संक्रमित थपिएका मन्त्रालयले जनाएको छ ।