काठमाडौं । राप्रपा महाधिवेशन प्रतिनिधिको अझै टुंगो लागिसकेको छैन । काठमाडौंको भृकुटीमण्डपमा बुधबारबाट एकताको महाधिवेशन सुरू भइसक्दा पनि महाधिवेशन प्रतिनिधिको टुंगो लागेको छैन ।
महाधिवेशन प्रतिनिधिको टुंगो लगाउने प्रयास भइरहेको छ । ‘महाधिवेशन प्रतिनिधिको टुंगो लगाउन शीर्षनेता र निर्वाचन समितिका प्रतिनिधि छलफलमा बसेका छन्’, राप्रपा नेता सुजित केसीले भन्नुभयो, ‘महाधिवेशन प्रतिनिधिमाथि अहिले छानबिन भइरहेको छ । शीर्षनेता र निर्वाचन समितिका प्रतिनिधिहरू छलफलमा छन् ।’
महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने भएको छ । अध्यक्ष पदमा कमल थापा र राजेन्द्र लिङ्देनको उम्मेदवारी घोषणा गर्नुभएको छ । वर्तमान अध्यक्षद्वय पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनी अध्यक्षको दौडबाट हटिसक्नुभएको छ । लोहनीले लिङ्देनलाई समर्थन गर्दा जबरा तटस्थ बस्नुभएको छ ।