चितवन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी हुने तीनै तहको निर्वाचनमा एकल बहुमत ल्याउने गरी तयारी गर्न पार्टी पंक्तिलाई निर्देशन दिनुभएको छ ।
१०औँ राष्ट्रिय महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको मङ्गलवार साँझ चितवनको सौराहामा सम्पन्न भएको पहिलो बैठकमा उहाँले यस्तो निर्देशन दिनुभएको हो ।
सो बैठकले महाधिवेशन सम्पन्न गर्न सहयोग पुर्याउने सबैप्रति र पुरानो कार्यसमितिप्रति धन्यवाद समेत ज्ञापन गरेको छ ।
पार्टीलाई अझ थप सङ्गठित बनाइ अगाडि बढ्ने उहाँको भनाइ थियो । ज्ञवालीका अनुसार अध्यक्ष ओलीले यही मङ्सिर २५ र २६ गते केन्द्रीय कार्यसमितिको बैठक आह्वान गर्नुभएको छ ।
यही मङ्सिर १० गते नारायणगढमा उद्घाटन भएको नेकपा एमालेको १०औँ महाधिवेशनले नयाँ कार्यसमिति चयन गर्दै मङ्गलवार सम्पन्न भएको हो । १० औँ महाधिवेशनबाट केन्द्रीय समिति ३०१ सदस्यीय चयन गरिएको छ ।