काठमाडौं । आजको पात्रो : १३ मंसिर, सोमबार । २९ नोभेम्बर । मार्गशीर्ष कृष्णपक्ष दशमी तिथि । उत्तरफाल्गुनी नक्षत्र, प्रिती योग र चन्द्रमा कन्या राशिमा रहेको छ । सोमबार शिवालयमा यात्रा गर्ने बार हो । आज सूर्योदय बिहान ६ः३७ मा हुनेछ भने सूर्यास्त ५ बजेर ६ मिनेटमा हुनेछ ।
बिहान ७ः५६ देखि ९ः१५ सम्मको समय राहुकाल छ । ११ः३२ देखि १२ः१४ सम्म अभिजित मुहूर्त रहेको छ । सोमबारका दिन शुभकार्यका लागि निकै शुभ मानिन्छ । वाहन खरिद गर्ने हो भने सोमबार उपयुक्त दिन हो । आजका देवता विष्णु र ग्रहदेव बुध रहेको छ । आज विवाहको शुभसाइत रहेको छ । आज विवाहका लागि निकै शुभसाइत पनि रहेको छ ।
मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : आजको दिन अर्थलाभ योग छ । व्यापारबाट सोचेभन्दा बढी लाभ मिल्नेछ । परिवार र दाम्पत्य जीवनमा साथ-सहयोग र यात्रा गर्दा कष्ट हुनेछ । स्वास्थ्यमा केही समस्या हुन सक्छ ध्यान दिनुहोला । सकारात्मक सोच राखेर काम गर्नुपर्नेछ ।
वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : विगतमा गरेको कामबाट अर्थ आर्जन हुनेछ । तर मनमा निराशा छाउनेछ । पारिवारिक समस्याका कारण आयभन्दा व्यय बढी हुने भएकाले सोचपूर्वक खर्च गर्ने गर्नुहोला । आजको दिन मौन रहनु तपाईहरुका लागि शुभ मानिन्छ । कसैसँग विवाद गर्नु हानिमात्र हुनेछ ।
मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) : आजको समय र दिन अनुकूल छ । नयाँ वस्त्र, आभूषण र परिवार, दाम्पत्य जीवनमा सुख प्राप्त हुनेछ । व्यापारमा तपाईँले सोचेभन्दा बढी फाइदा हुनेछ । मनमा हर्ष र नयाँ काम गर्दा पनि फाइदा हुनेछ । तपाईलाई मानसम्मान मिल्नेछ । सामाजिक सेवाको भाव बढ्नेछ । सहयोगी भावका कारण तपाईलाई सन्तोष मिल्नेछ ।
कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) : आजको दिन तपाईँको मनमा अशान्त र निराशा उत्पन्न हुनसक्छ । पारिवारिक तनावका कारण मनमा अनेक चिन्ता छाउने छ । आजको दिन कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला । आजको दिन कसैसँग विवाद भयो भने तपाईँका लागि हानि हुनेछ । आजको दिन बिहान शिलालय दर्शन र नवग्रह दर्शन गर्दा तपाईको समस्या समाधान हुन सक्छ ।
सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) : आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुन सक्नेछ । यात्रा गर्दा उपलब्धि हुन सक्छ । मित्रमण्डली र परिवारको साथ पाउने योग रहेको छ । परिवारका सदस्यसँग विवाद हुन सक्छ त्यसैले आजको दिन सिंह राशिका जातकले कम बोल्नु र मौन रहनु नै बुद्धिमानी हुनेछ । दाम्पत्य जीवनमा सुख, समृद्धि हुनेछ । मानसिक शान्ति र यात्रा हुने सम्भावना छ ।
कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) : आजको दिन शुभ रहेको छ । चन्द्रमाको साथ रहेकाले तपाईले सोचेअनुसारको काम हुनेछ । तपाईँले गर्दै आउनुभएको कामको क्षेत्रमा मानसम्मान मिल्न सक्छ । आजको दिन नयाँ काम गर्दा भने सोचविचार गरेर काम गर्नुहोला । पुरुष र महिलाले आजको दिन कसैसँग विवाद नगर्नु नै बेस हुनेछ । शिवालयमा गएर केही खानेकुरा वितरण गर्नु निकै उत्तम हुनेछ ।
तुला (रा.री.रु.रे.रो.ता.ती.तु.ते) : तपाईँले आजको दिन सुरु गरेको काम सफल हुनेछ । व्यापार-व्यवसायमा लगानीअनुसारको प्रतिफल प्राप्त हुनेछ । यात्राका लागि प्रस्ताव आउन सक्छ । अध्यात्म यात्राले तपाईलाई मनमा उर्जा थप गर्नेछ । आजको दिन सतपात्रलाई दान र भोका व्यक्तिलाई भोजन दिनुभयो भने मनमा खुसियाली छाउनेछ । पुरुष जातकका लागि स्त्रीबाट प्राप्त हुने सहयोगले मनमा प्रसन्नता छाउनेछ ।
वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) : अनावश्यक यात्राको लागि प्रस्ताव आउन सक्छ । आजको दिन यात्रा नगर्दा तपाईँको भलो हुनेछ । त्यसैले आज नियमित कामबाहेक अन्य कामका लागि समय खर्च नगर्नुहोला । आजको दिन तपाईँले गरेको कामको प्रशंसा हुनेछ । मानसम्मान मिल्न सक्नेछ । सरकारी कार्यालयका अधिकारीहरुलाई उच्च अधिकारबाट धन्यवाद प्राप्त हुन सक्छ ।
धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) : तपाईँले गरिरहनुभएको कामबाट धनलाभ हुनेछ । त्यसैले आजको दिन तपाईँले सोचेअनुसारको काम हुनेछ । सन्तानबाट सुख र स्त्री जातिको साथ सहयोगले तपाईले राम्रो काम गर्नुहुनेछ । त्यसैले आजको दिन बिहान कन्यालाई दान र केही भोजन दिनुभयो भने दिन सफल हुनेछ । देवालय र शिवालयको यात्रा तपाईका लागि आज फलदायी हुनेछ ।
मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) : आर्थिक वृद्धि हुने सम्भावना छ । कसैलाई सापटी दिनुभएको दिन पनि प्राप्त हुनसक्छ । तर, मनमा अशान्त हुनेछ । स्वास्थ्यमा निकै ध्यान दिनुहोला । कसैसँग विवाद हुने कुरा नगर्नुहोला । परिवारका सदस्यहरुसँग लेनदेनमा विवाद हुन सक्छ त्यसैले होस गर्नुहोला ।
कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) : मनमा प्रसन्नता छाउने छ । आजको दिन सोचअनुसारको काम र शत्रुमाथि विजय प्राप्ति हुनेछ । व्यापारबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । परिवार र दाम्पत्य जीवनमा खुसियाली छाउनेछ । स्वास्थ्यमा सामान्य समस्या हुन सक्छ ।
मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची) : शिवालयको यात्रा र अध्ययन-अध्यापनमा निरन्तरको प्रयासले सफलता प्राप्त हुनेछ । सोमबार सुरु गरेका काम साताभित्र सकिने छ । त्यसैले आजको दिन कुनै शुभ कामको शुरुवात गर्नुभयो भने त्यो काम यही साताभित्र सकिने छ । त्यसैले आजको दिन तपाईँले गरेको निर्णयले निकै फाइदा हुनेछ ।