काठमाडौं । नेकपा (एमाले)को अध्यक्ष पदका लागि केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गर्नुभएको छ । निर्वाचन प्रकिया सुरु भएलगत्तै आज बिहान ओलीले अध्यक्षमा उम्मेद्वारी दर्ता गराउनुभएको हो ।
ओलीलाई विष्णु प्रसाद पौडेलल प्रस्ताव गर्नुभएको छ भने शंकर पोखरेलले समर्थन गर्नुभएको छ । यसअघि अध्यक्ष पदका लागि नेता भीम रावलले उम्मेदवारी दर्ता गर्नुभएको थियो । रावललाई महादेव बजगाईंले प्रस्ताव गर्नुभएको छ भने दुधकला बिष्टले समर्थन गर्नुभएको छ ।