चितवन । एमालेको १०औं महाधिवेशनअन्तर्गत जारी बन्द सत्रमा ओलीले आफ्नो पार्टीका नीतिहरू नै राष्ट्रिय नीति भएको बताउनुभएको छ ।
‘आज एमालेका नीति नै राष्ट्रिय नीति हुन् । पाँचदलीय गठबन्धनले लागू गरेन भने उसको गल्ती हो । गठबन्धनको सरकारले सन्तुलित कूटनीति कायम गरेन । यो पनि उसको गल्ती हो,’ उहाँले भन्नुभयो ।
प्रतिक्रियावादी र तिनका पिछलग्गुको षडयन्त्रले दूरगामी असर पारेको ओलीको आरोप छ । ‘हामी सुखी नेपाली, समृद्ध नेपालको अभियानमा छौं । समृद्धि सामाजिक समानता, सद्भाव, राष्ट्रिय एकताको पक्षमा रहेका शक्तिसँग एकता हुन्छ । यसविरुद्धका प्रतिक्रियावादी शक्तिसँग कठोर संघर्ष गर्छौं’, ओलीले भन्नुभयो ।