चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १०औँ महाधिवेशनले राजनीतिमा अहिले देखिएको पथभ्रष्ट, अराजकतालाई सच्याउने गरी नयाँ नेतृत्व आउने बताउनुभएको छ । चितवनमा जारी बन्द सत्रलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले महाधिवेशनमा सहभागी देश विदेशबाट आएका पाहुना र सहभागीलाई धन्यबाद दिँदै उनीहरूले एमालेलाई परिचित, विश्वनीय र भरपर्दो पार्टीका रुपमा दिएको शुभकामनालाई पूरा गर्ने बताउनुभयो ।