चितवन । कम्बोडियाका सांसद एवं कम्बोडियन पिपुल्स पार्टीका नेता यारा सोसले नेकपा एमालेको १०औँ महाधिवेशनको बन्द सत्र सफलताको शुभकामना दिनुभएको छ । उहाँले यो अविधेशन नेपालको इतिहासमा विरलै हुने राजनीतिक घटना बनोस् भनेर शुभकामना दिनुभएको छ ।
उहाँले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले सुरु गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ आकांक्षा पूरा होस् भन्ने कामना पनि गर्नुभएको छ । यस्तै, नेपाल र कम्बोडियाबबीच सुमधुर सम्बन्ध रहेको र अब राजनीतिक रूपमा पनि सम्बन्ध बढाउनु पर्ने बताउनुभयो । राजनीतिक स्थायित्व सम्वृद्विका लागि नेपाल र कम्बोडियाबीच संस्कृति, राजनीतिक र अर्थतन्त्रमा सहकार्य हुनुपर्ने बताउनुभयो ।
सन् २०१८ मा कम्बोडियाका प्रधानमन्त्रीले नेपाल भ्रमण गर्नुभएको थियो भने सन् २०१९ मा नेकपा एमालेका अध्यक्ष ओलीले कम्बोडिया भ्रमण गर्नुभएको थियो । महाधिवेशनको बन्द सत्रलाई सम्बोधन गर्दै उहाँले नेपालमा शान्ति, स्थिरता, समृद्ध नेपालको कामना गर्नुभयो । सोही अवसरमा उहाँले भन्नुभयो ‘ओली ‘ग्रेट म्यान’ हुन् । दुई देशबीच सम्बन्ध हार्दिक छ । सम्बन्ध बलियो बनाउन ओलीको भूमिका छ ।’ सोही क्रममा उहाँले पार्टीका अध्यक्षको शुभकामना सन्देश पनि ओलीलाई हस्तान्तरण गर्नुभएको थियो ।