चितवन । सीपीआई लिबरेसन पार्टी भारत विहारका प्रतिनिधि वीरेन्द्रप्रसाद गुप्ताले नेपालको कम्युनिस्ट आन्दोलनबाट प्रेरित भएको बताउनुभएको छ । उहाँले नेपाल र भारतबीच रोटीबेटी सम्बन्ध रहेको र हाम्रा समस्या धेरै मेल खाने पनि बताउनुभएको छ ।
नेकपा एमालेको १०औँ महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा उहाँले भन्नुभयो, ‘तपाईंहरू पनि लोकतन्त्रका लागि लडिरहनुभएको छ । हामी पनि लोकतन्त्रका लागि लडिरहेका छौं । आजादिपछि मिलेको अधिकार नरेन्द्र मोदीको फासिस्ट सरकारले कटौती गर्दै गइरहेको छ । किसान आन्दोलनमा मोदीलाई परास्त गरेका छौं । मोदी सरकारविरूद्व हरेक मोर्चामा लडाइँ छ ।’ उहाँले मोदी आन्दोलनकै कारण लगातार पछाडि हटिरहेको पनि बताउनुभयो ।