सौराहा । नेकपा एमलेका नेता गोकुल बास्कोटाले देशै एमालेमय भएका बेला एमाले ओलीमय नहुने कुरै नभएको बताउनुभएको छ ।
उहाँले अध्यक्षमा सहमति भएन भने पदाधिकारी थपेको कुनै अर्थ नरहेको भन्दै कार्यकर्तामाथि बुट बजारिने बताउनुभयो ।
‘प्रतिस्पर्धा गर्न मिल्छ, लोकतान्त्रिक पद्वति हो । तर डेफिन्ट्ली ओली अध्यक्ष हुनुहुन्छ । देशै एमालेमय भएको छ, ओलीमय छ । एमाले त ओलीमय भइहाल्यो नि,’ भीम रावलको उम्मेदवारी घोषणाप्रति लक्षित गर्दै बास्कोटाले भन्नुभयो ।
नेता बास्कोटाले एमालेलाई जुन ठिक हुन्छ आफ्नो उम्मेदवारी त्यही हुने उहाँले बताउनुभयो । ‘मेरो उम्मेदवार एमालेलाई जहाँ ठिक हुन्छ त्यहीँ । सर्वसम्मत एमालेले बनाउने, चुनाव भए कार्यकर्ताले बनाउनेछन्,’ उहाँले भन्नुभयो ।