चितवन । राप्रपा अध्यक्ष कमल थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रशंसा गर्नुभएको छ । चितवनमा आयोजित एमालेको १०औँ महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै उहाँले जनतालाई दिएको आश्वासन पूरा गर्न नसके पनि देश र जनताका लागि दुईवटा महत्वपूर्ण कार्य गरेको भन्दै ओलीको तारिफ गर्नुभयो ।
तराई मधेसमा देखिएको पृथकतावादी आन्दोलन र सशस्त्र संघर्षको बाटोमा रहेका विप्लव नेतृत्वको नेकपालाई शान्तिपूर्ण बाटोमा ल्याउने ओलीको कार्य प्रसशंसायोग्य रहेको अध्यक्ष थापाको भनाइ छ ।
साथै कालापानी, लिम्पियाधुरा, लिपुलेकलाई समेटेर नक्सा जारी गरेको र सो नक्सालाई संविधानको अंगमा समावेश गर्ने कार्य गरेको उहाँले बताउनुभयो । उहाँले एमाले महाधिवेशनको सफलताको शुभकामना पनि दिनुभयो ।