उदयपुर । गाईघाटमा पहिलो पटक सवारी चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षा सुरु भएकाे छ। यातायात व्यवस्था सेवा कार्यालय गाईघाटले बुधबार पहिलो पटक सवारी चालक अनुमतिपत्रका लागि प्रयोगात्मक परीक्षा लिएको हो ।
प्रदेश १ भौतिक पुर्वाधार विकास मन्त्रालयका मन्त्री हिमाल कार्कीले बुधवार प्रयोगात्मक परीक्षास्थलकाे उद्घाटन गर्नुभएको हो । मन्त्री कार्कीले पहिलो प्रयोगात्मक परीक्षार्थीलाई सिठ्ठी फुकेर ट्रायल सेन्टरकाे उद्घाटन गर्नुभएको थियो । उहाँले प्रयोगात्मक परीक्षा तथा स्थलको अनुगमन समेत गर्नुभएको छ । साे क्रममा उहाँले कार्यालयबाट सेवाग्राहीलाई छिटो र सहज रुपले सेवा प्रदान गर्न निर्देशन पनि दिनुभएको थियो । कार्यालयमा काम गर्ने कर्मचारी र श्रोतसाधनको कमी रहेको कुरालाई ध्यानमा राख्दै मन्त्री कार्कीले त्यसको तत्काल समाधान गर्ने प्रतिबद्धता जनाउनुभयो ।