काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन मंसिर १०-१२ सम्म चितवनमा हुँदैछ । सो महाधिवेशनमा एमाले नेता एवं पूर्व पर्यटनमन्त्री कृपाशुर शेर्पाले उम्मेद्वारी दिने बताउनुभएको छ । उहाँले एमालेको केन्द्रीय सदस्य पदमा उम्मेद्वारी दिने हुनुभएको हो ।
एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले घोषणा गरेको समृद्ध नेपाल सुखी नेपालीको प्रमुख एजेण्डालाई प्राथमिकतामा राख्नुहुने सम्पूर्ण नेपालीहरुको मनमस्तिष्कमा बस्नुभएका जनप्रिय नेता शेर्पा नेपाल कम्युनिष्ट पार्टीका एक शालीन एवं मृदुभाषी नेताका रुपमा चिनिनुहुन्छ ।
भोजपुर जिल्लामा जन्मनुभएका उहाँले नेपाल शेर्पा संघको अध्यक्ष पदमा रहेर शेर्पा समुदायका दिदीबहिनी तथा दाजुभाइहरुको हक अधिकारका अरोरात्र खटेर कार्यसम्पादन गरिसक्नुभएको छ । आफ्नो जिल्ला भोजपुरमा मात्र नभएर नेपालको पर्यटन व्यवसायमा उहाँले आफ्नो शालीन एवं मृदुभाषी व्यक्तित्वलाई उजागर गरिसक्नुभएको छ ।
एमाले वृत्तमा मात्र नभएर हरेक नेपालीहरुका ढुकढुकी लोकप्रिय नेता उहाँले आफूलाई कर्तव्यनिष्ठ एवं पार्टी राजनीतिमा निष्ठाको राजनीतिलाई अनुशरण गर्ने प्रखर राजनीतिज्ञ साबित गरिसक्नुभएको छ ।
पर्यटन क्षेत्रमा महत्वपूर्ण योगदान दिनुभएका क्रियाशील व्यवसायीका रुपमा समेत ख्याति कमाइसक्नुभएका नेता शेर्पाले सरकारी सेवामा पु-याएको योगदानका कारण उहाँको निजामती सेवाका राष्ट्रसेवकहरुले समेत मुक्तकण्ठले प्रशंसा गर्छन् । सरकारी सेवामा उहाँले बनाएको पहुँच र साधनस्रोतको सदुपयोगले भोजपुरको शिक्षा र स्वास्थ्यका क्षेत्रमा महत्वपूर्ण योगदान मान्न सकिन्छ ।
शेर्पा भोजपुर जिल्लाको साम्पाङ मझुवा- ५ मा बुवा छेत्तर शेर्पा र फुरदिकी शेर्पाको छोराको रुपमा मध्यमबर्गीय परिवारमा जन्मिनुभएका शेर्पा एक जुझारु एवं प्रखर नेताका रुपमा रहनुभएको छ । २०३६ सालको विधार्थी आन्दोलनवाट विधार्थी राजनीति सुरु गरेर पार्टी राजनीतिमा सक्रिय शेर्पाको एमाले राजनीतिमा उदाहरणीय योगदान रहेको एमालेका नेता तथा कार्यकर्ताहरुले बताउने गरेका छन् । बहुमुखी प्रतिभाका धनी उहाँले शिक्षणमा ६ वर्ष र निजामती २६ वर्ष गरी ३२ वर्ष सरकारी सेवा समेत गर्नुभएको छ ।
भोजपुर १ बाट संविधानसभाको सभासद् समेत बन्नुभएका एमाले नेता शेर्पा हरेक पल नेपाल र नेपाली जनताको पक्षमा लाग्ने एक देशभक्त, इमान्दार, समाजसेवी, जनताका ढुकढुकी एवं प्रभावशाली नेता हुनुहुन्छ । उहाँले नेपालको कम्युनिष्ट आन्दोलनमा पु-याएको योगदानको उच्च सम्मान गर्नुपर्ने आवाज एमाले वृत्तमा उठ्ने गरेको छ ।
उहाँ नेपालका कम्युनिष्टहरु हरेक कालखण्डमा एकजुट हुनुपर्नेमा जोड दिनुहुन्छ । उहाँ नेपाल राष्ट्रको हित, उन्नति, प्रगति र विकासका लागि नेकपा एमालेको विकल्प नभएको बताउनुहुन्छ । एमालेबाहेक यो देशको हित गर्ने अरु पार्टी नभएको उहाँको स्पष्ट धारणा रहेको छ । आगामी निर्वाचनमा राजनेता तथा एमाले अध्यक्ष ओलीकै नेतृत्वमा स्पष्ट बहुमत ल्याएर सरकारको नेतृत्व गर्नेमा उहाँ विश्वस्त हुनुहुन्छ ।