काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले साइबर सेनाको नाम परिवर्तन गर्नुभएको छ । उहाँले साइबर सेनाको नाम परिवर्तन गर्दै साइबर सर्कल घोषणा गर्नुभएको हो । उहाँले युवा संगठनअन्तर्गत रहेको साइबर सेनाको नाम परिवर्तन गर्नुभएको हो ।
एमाले युवा नेता महेश बस्नेतको प्रस्तावमा ‘साइबर सेना’को नाम परिवर्तन गरिएको बताइएको छ । सेना शब्दले द्वन्द्व र हिंसाको अर्थ दिएकाले नाम परिवर्तन गरेर गरिएको एमाले अध्यक्ष ओलीले बताउनुभयो ।