Margadarsan


  • ३३२ कोरोना संक्रमित थपिँदा २३२ जना निको, ४ जनाको मृत्यु

    मार्गदर्शन ८ मंसिर २०७८, बुधबार

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३३२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

    ७ हजार ५ सय ९० जनाको पीसीआर परीक्षण गर्दा ३०५ जना र २ हजार ३ सय ३० जनाको एन्टिजेन परीक्षण गर्दा २७ जना गरी ३३२ जना कोरोना भाइरसका संक्रमित थपिएका  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ भने २३२ जना निको भएका छन् ।

    बुधबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १५ हजार ४०१ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ५१३ पुगेको छ भने ८ लाख १ हजार १२२ जना संक्रमणमुक्त भएका छन् ।

    मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ३६९ जना रहेका छन् । जसमध्ये काठमाडौंमा १४४ ललितपुरमा २६ र भक्तपुरमा ११ गरी जम्‍मा १८१ जना काठमाडौं उपत्यकामा कोरोना संक्रमित देखिएको मन्त्रालयले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया