Margadarsan


  • गत २४ घण्टामा ३५१ कोरोना संक्रमित थपिँदा २७३ जना निको, ९ जनाको मृत्यु

    मार्गदर्शन ७ मंसिर २०७८, मंगलवार

    काठमाडौं । नेपालमा गत २४ घण्टामा ३५१ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

    ८ हजार ७ सय २९ जनाको पीसीआर परीक्षण गर्दा ३१३ जना र १ हजार ४ सय ४५ जनाको एन्टिजेन परीक्षण गर्दा ३८ जना गरी ३५१ जना कोरोना भाइरसका संक्रमित थपिएका  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ भने २७३ जना निको भएका छन् ।

    मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १५ हजार ६९ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ५०९ पुगेको छ भने ८ लाख ८९० जना संक्रमणमुक्त भएका छन् ।

    मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ३०० जना रहेका छन् । जसमध्ये ६ हजार ८६९जना होम आइसोलेसनमा रहेका छन् भने ४३१ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २२३ जना आईसीयू र ५१ जना भेन्टिलेटरमा उपचाररत् रहेका मन्त्रालयले जनाएको  छ ।

    फेसबुक प्रतिक्रिया