काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालका सबै समुदाय एमालेको दशौं महाधिवेशनमा चितवन आउने विश्वास व्यक्त गर्नुभएको छ ।
च्यासलमा स्थायी कमिटी बैठक छाडेर अल्फाविटामा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले नेपालका सवारीले भ्याउनेजति सबै समुदाय आउने बताउनुभयो ।
‘सार्वजनिक सबै सवारीसाधन सबै चितवनमा पुग्नेछन् । जनसहभागिता कमी हुने छैन । वाहनहरू कमी हुनाले सबै आउन नसक्ने भए,’ उहाँले भन्नुभयो ।
























