काठमाडौं । न्यायाधीशको बहिस्कार र नेपाल बार एसोसिएसनको आन्दोलनका कारण सर्वाेच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको मात्र सुनुवाइ भइरहेका बेला मंगलबार भने सबै किसिमका मुद्दाको पेसी तोकिएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूबाहेक १० वटा इजलास गठन गर्नुभएको छ । मंगलबार पनि आफूलाई इजलास नतोकेका जबराले ५९२ मुद्दाको पेसी तोक्नुभएको हो ।
गोलाप्रथाद्वारा मुद्दाको पेसी तोक्ने प्रावधानलाई राजपत्रमा प्रकाशित गरिएको भोलिपल्ट मंगलबार सबै किसिमको मुद्दाको सुनुवाइ हुन लागेको हो ।
सर्वाेच्च अदालतकै १९ जना न्यायाधीश इजलास बहिस्कार गरेर आन्दोलनमा उत्रिएका थिए भने नेपाल बार एसोसिएसन अहिले जबराको राजीनामा मागेर आन्दोलनमै छ ।