काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले बारको आन्दोलनप्रति ध्यानाकर्षण भएको बताउनुभएको छ । नेपाल बार एसोसिएसनले बुझाएको ज्ञापनपत्र लिने क्रममा सोमबार उहाँले यस्तो बताउनुभएको हो । सो अवसरका उहाँले संवैधानिक दायरा, सीमा र दायित्वअनुसार अघि बढ्ने प्रतिबद्धता पनि जनाउनुभएको छ । उहाँले भन्नुभयो, ‘बाँकी त माननीयज्यूहरूले गर्नुहुन्छ । संवैधानिक सीमाअनुसार म पनि पहल गर्छु ।’
ज्ञापनपत्रमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि १७ अभियोग लगाइएको छ। प्रधानन्यायाधीशको राजीनामा माग्दैै तीन साताभन्दा बढी समयदेखि बार आन्दोलनरत छ ।