काठमाडाैँ । आउँदो माघ १२ गते राष्ट्रियसभा चुनाव हुने भएको छ ।
मन्त्रिपरिषद् बैठकले आउँदो माघ १२ गतेका लागि चुनावको मिति तोकेको हो । फागुन २० गतेदेखि राष्ट्रियसभाका २० सदस्यको पद रिक्त हुँदैछ । रिक्त हुने २० मध्ये १९ पदका लागि चुनाव गर्ने मिति तोकिएको हो ।
एकजना भने राष्ट्रपतिबाट मनोनित गरिनेछ । संविधानले राष्ट्रियसभाका सदस्यको पदावधि सकिनुभन्दा ३५ दिनअगावै चुनाव गरिसक्नुपर्ने व्यवस्था गरेको छ । त्यही व्यवस्थाअनुसार मन्त्रिपरिषद्ले चुनावको मिति तोकेको हो ।
संविधानको धारा ८६ मा राष्ट्रियसभा गठनसम्बन्धी व्यवस्थामा कुल ५९ सदस्यीय राष्ट्रियसभाका सदस्यहरुको पदावधि ६ वर्षको हुने उल्लेख छ ।