काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले शुक्रबारका लागि १० इजलास गठन गर्नुभएको छ ।
आन्दोलित न्यायाधीशलाई समेत इजलास गठन गरेका प्रधानन्यायाधीश जबराले २२२ मुद्दाको पेसी चढाउनुभएको छ । तर, आफूलाई जबराले इजलास गठन गर्नुभएको छैन ।
गोलाप्रथाद्वारा मुद्दाको पेसी तोक्ने सहमति जनाएपछि जबराको राजीनामा माग्दै आएका न्यायाधीशहरू शुक्रबार इजलास फर्किने भएका हुन् ।
यता न्यायाधीश इजलास फर्किए पनि नेपाल बार एसोसिएसन भने जबराको राजीनामालाई बटमलाइन बनाएर आन्दोलनमै छ ।