काठमाडौँ । रौतहटमा कार दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ ।
रौतहटको यमुनामाई गाउँपालिकाको झुन्खुन्वा चोक नजिकै शनिवार राति भएको कार दुर्घटनामा चारजना भारतीय नागरिकको मृत्यु भएको हो ।
चन्द्रनिगाहपुरबाट गौरतर्फ गइरहेको युके१२सी २९०० नम्बरको कार शनिवार राति करिब साढे १०ः१५ बजे दुर्घटनामा परेको हो । कार अनियन्त्रित भएर नालामा खसेको प्रहरीले जनाएको छ । कार सडक पेटीभन्दा करिब २० मिटर तल पानीमा डुबेको थियो।
घटना लगत्तै प्रहरी पुगेर उद्धार गर्दागर्दै कारमा सवार चारजनाको मृत्यु भएको रौतहटका प्रहरी प्रमुख एसपी विनोद घिमिरेले जानकारी दिनुभयो ।
उहाँका अनुसार मृतकहरूको पहिचान खुल्न सकेको छैन । यद्यपि उनीहरू भारतीय नागरिक रहेको बुझिएको छ ।




















