काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूबाहेकका १० वटा इजलास गठन गर्नुभएको छ । नेपाल बार एसोसिएसन र सहकर्मी न्यायाधीशहरूको विरोधका बीच जबराले आइतबारका लागि १० वटा इजलास गठन गर्नुभएको हो ।
नेपाल बारले सर्वोच्च प्रवेश गर्न नदिने भन्दै मूल गेटमा धर्ना दिएपछि जबराले बालुवाटारस्थित प्रधानन्यायाधीश निवासबाटै इजलास गठन गरेर मुद्दाको पेसी तोक्नुभएको हो ।
उहाँले एउटा एकल र नौवटा संयुक्त इजलासका लागि २७२ मुद्दाको पेसी तोक्नुभएको छ ।
नेपाल बारले शान्तिपूर्ण प्रदर्शनमा हस्तक्षेप गरेको भन्दै बहस बहिष्कार गर्ने निर्णय गरेको छ भने असन्तुष्ट न्यायाधीशहरूले भने बारले बहस बहिष्कार गरेको इजास नबस्ने बताएका छन् ।




















