काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्ता पंक्तिलाई समझदारीका साथ प्रतिनिधि चयन गर्न आग्रह गर्नुभएको छ ।
महाधिवेशन प्रतिनिधि चयनको पूर्वसन्ध्यामा भिडियो सन्देश जारी गर्दै अध्यक्ष ओलीले उच्च समझदारीका आधारमा प्रतिनिधि चयन गर्न आग्रह गर्नुभएको हो । उहाँले भन्नुभयो, ‘प्रतिस्पर्धा मात्रै होइन, अझ उन्नत स्तरको समझदारी र सहमति लोकतन्त्रको उच्च स्तरीय अभ्यास हो ।’
दलभित्रको समझदारी सुदृढ एकताको आधार हुने विचार उहाँले व्यक्त गर्नुभयो ।
चितवनमा १०–१२ मंसिरमा हुने एमालेको १०औं महाधिवेशनका लागि आज प्रतिनिधि चयन गरिँदैछ ।