पोखरा । दसौं महाधिवेशनका लागि नेकपा एमालेले गण्डकी प्रदेश कमिटिबाट सर्वसम्मत रुपमा महाधिवेशन प्रतिनिधि छानेको छ ।
शनिबार प्रतिनिधि छनोटको कार्यतालिका छ । तर गण्डकी प्रदेश कमिटीले आफ्नो भागमा पर्ने ५ जनाको नाम शुक्रबार नै टुंग्याएको हो ।
खुलाबाट शोभियत ढकाल, माधब बास्तोला, लिला राना सर्वसम्मत रुपमा चयन भएका छन् । महिलातर्फ गण्डकी प्रदेश सभा सदस्य पुष्पा केसी भण्डारी र कृष्णकुमारी श्रेष्ठलाई चयन गरिएको एमाले गण्डकीका कार्यालय सचिव गोविन्द नेपालीले जानकारी दिनुभयो । जिल्ला तहबाट प्रतिनिधि छनोट भने शनिबारसम्म टुंगो लगाउँदै छन् ।