काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त तीन प्रदेश प्रमुखलाई बिहीबार पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले प्रदेश १ का नवनियुक्त प्रदेश प्रमुख परशुराम खापुङ्ग, कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियार र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।
सरकारको सिफारिसमा गत मंगलबार राष्ट्रपति भण्डारीले उनीहरूलाई प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको थियो ।