काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । अध्यक्ष ओली राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवासमा पुग्नुभएको छ । आइतबार दिउँसो ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न राष्ट्रपति भवन शीतल निवासमा पुग्नुभएको हो ।
चाडपर्व सकिएलगत्तै ओली राष्ट्रपति भण्डारीलाई भेट्न आइतबार शीतल निवासमा जानुभएको हो ।
एमााले अध्यक्ष ओली र राष्ट्रपति भण्डारीबीचको भेटवार्तालाई पुष्टि गर्दैै ओलीका सहयोगी रामशरण बजगाईंले भन्नुभयो, ‘राष्ट्रपति र अध्यक्षज्यूबीच समसामयिक विषयमा कुराकानी भएको छ ।’