काठमाडौं । संघीय संसद सचिवालयले संसद अधिवेशन अन्त्य भएसँगै तोकिएका बैठकहरु पनि रद्ध भएको जानकारी गराएको छ ।
अधिवेशनसँगै सदन पनि अन्त्य भएकाले बैठक रद्ध भएको जानकारी सांसदलाई गराउन संघीय संसदका महासचिव डा. भरतराज गौतमले शुक्रबार सूचना जारी गर्नुभएको छ ।
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार संघीय संसदको दुवै सदनको चालू अधिवेशन आज राति १२ बजेदेखि लागु हुनेगरी अन्त्य गर्नुभएको थियो ।
अधिवेशन अन्त्य भएसँगै २९ कात्तिकमा तोकिएको प्रतिनिधिसभा बैठक र अर्को सूचनाबाट तोकिने भनिएको राष्ट्रियसभाको बैठक पनि अन्त्य हुने भएको जानकारी सचिवालयले गराएको हो ।