काठमाडौं । सरकारले प्रधानसेनापति प्रभुराम शर्माको भारत भ्रमण स्वीकृत गरेको छ ।
भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवानेको निमन्त्रणमा सेनापति शर्मा २३ कात्तिकमा भारत भ्रमणमा जाँदै हुनुहुन्छ ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले प्रधानसेनापति शर्माको नेतृत्वमा भारत भ्रमण दल टोलीलाई स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो ।
उहाँका अनुसार बैठकले नेपाली सेनाका उपरथी सरोज प्रताप राणालाई रथी पदमा बढुवा गर्ने निर्णय पनि गरेको छ ।




















