काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बैठक सुरु भएको हो ।
दशौं महाधिवेशनको तयारीका लागि निर्णय गर्न पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाउनुभएको हो ।
आजको बैठकले महाधिवेशन सम्पन्न गर्न विभिन्न समिति गठन गर्ने, सहभागी प्रतिनिधिको संख्या निर्धारण गर्नेलगायतका निर्णय गर्ने नेता सुरेन्द्र पाण्डेले जानकारी दिनुभएको छ ।
अहिले एमालेको वडा र पालिका तहको अधिवेशन जारी रहेको छ ।