काठमाडौं । नेपाली कांग्रेसको निर्वाचन समितिले १४ औं महाधिवेशन मंसिर २७ देखि गर्ने प्रस्ताव गरेको छ ।
निर्वाचन समितिको बुधबार बसेको बैठकले रोकिएका वडा अधिवेशनहरु कात्तिक २७ गतेबाट सुरु गर्ने निर्णय गरेको छ । प्रदेश अधिवेशन मंसिरको १६ र १७ गते गर्ने र केन्द्रीय महाधिवेशन २७ देखि २९ सम्म गर्न प्रस्ताव गरिएको छ ।
निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले भन्नुभयो, ‘पार्टी नेतृत्वलाई प्रस्ताव गरेका छौं, त्यसअनुसार नै निर्णय हुन्छ होला । त्यसपछि कार्यतालिका प्रकाशित गर्छौं ।’