झापा । सरकारले १०१ ठाउँमा तोकेको पर्यटकीय गन्तव्यमध्ये झापाको गौरादह नगरपालिका-५ स्थित महारानीझोडामा एकीकृत नमुना सहकारी खेतीले एक करोड ९५ लाखभन्दा बढी लगानीमा निर्माण गरेको पाहुना घरको नेकपा एमालेका अध्यक्ष केपी ओलीले उद्घाटन गर्नुभएको छ । सो अवसरमा उहाँले स्थानीय उत्पादनको समेत अवलोकन गर्नुभएको छ ।