काठमाडौं । सर्वोच्च अदालतको आजको पूर्ण बैठक (फुलकोर्ट) बहिस्कारको निर्णय गरेका न्यायाधीशहरूको बैठक बस्दैछ ।
बैठक साेमबार बिहान ११ बजे बस्ने एक न्यायाधीशले जानकारी दिनुभयो । सर्वाेच्चमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहित २० न्यायाधीश रहे पनि एकजना मुलुक बाहिर र चारजना उपत्यकाबाहिर छन् । १४ जना न्यायाधीशहरू छलफलमा जुट्न लागेका हुन् ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको कार्यशैली, कार्यक्षमता र नियतमाथि सडकमा प्रश्न उठेपछि न्यायाधीशहरूले फुलकोर्ट बहिस्कारको निर्णय गरेका थिए । आजको बैठकले भावी रणनीतिबारे थप निर्णय लिनेछ । प्रधानन्यायाधीश जबराले आइतबार न्यायाधीश र नेपाल बार एसोसिएसनका पदाधिकारीसँग छलफल गरेर फुलकोर्ट राख्नुभएको थियो ।